बालेनलाई १७,४२४ मतको अग्रता
वि.सं.२०७९ जेठ ८ आइतवार १७:०७
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र बाट उम्मेदवारी दिएका बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
१ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।
नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंह भन्दा ८३१ मतले पछि परेका छन् ।






































