kumari
stcnepal

मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु प्रहरीको सम्पर्कमा पुगे

काठमाडौं ।सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डे बाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एक जना पीडित पुगेकी हुन् । अन्य दुई जनाले पनि पाण्डे बाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरी सँग सम्पर्क गरेका छन् । स्रोत भन्छ, ‘उहाँहरु कार्यालयमा आइसक्नु भएको छैन, यद्यपि अनुसन्धानका लागि बोलाएका छौं ।’

प्रहरीले शनिबार स्वयम्भु बाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफू माथि ८ वर्ष अघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।

 

 

 

footer