kumari
stcnepal

ओखलढुंगामा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा भेटिइन्, जबरजस्ती करणीको आशंका

काठमाडौं ।ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् । आइतबार उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले बताए ।

प्रहरीका अनुसार गएराति आमाबुबा सँगै घरमा सुतेकी उनी राति घर बाट निस्किएकी थिइन् । बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ‘उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ, यहीँ प्रारम्भिक उपचार गरेपछि काठमाडौं रेफर गरिएको छ’ खनालले भने, ‘हेलिकोप्टर मार्फत अहिले पीडितलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ ।’

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनी माथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन् । तर पूर्णविवरण आइनसकेकाले यकिन भइनसकेको डीएसपी खनालले बताए । प्रहरीका अनुसार पीडित बोल्न सक्ने अवस्थामा छैनन् । कक्षा ११ मा पढ्ने उनले सामान्य इसारा गरेर ‘केही शंकेत’ गरेको प्रहरी बताएको छ । त्यसलाई समेत आधार बनाएर प्रहरीले हालै एकजना शंकित व्यक्तिलाई नियन्त्रणमा लिएको छ । स्रोत भन्छ, ‘सोधपुछका लागि ल्याएका हौं, संलग्नता पुष्टि भइसकेको छैन ।’

 

 

footer