प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखापर्यो

702
shares

काठमाडौं ।नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधि बाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको थियो ।

नेपालमा पहिलो पटक संक्रमणको आशंका भएकाले रोग पुष्टि गर्न विश्व पशु स्वास्थ्य संगठन नमुना पठाइएकोमा २ जेठमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले जनाकारी दिए । पशु विभाग बाट खटिएका प्राविधिक टोलीले प्रदेश सरकार र स्थानीय तहका पशु सेवा सँग सम्बन्धित निकाय सँग सहकार्यमा काठमाडौं कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रगिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको र हाल सम्म १०१९ सुँगुर बङगुर गरेको प्रतिवेदन आएको जनाएको छ ।

विभागका महानिर्देशक डा. तिवारीका अनुसार घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले अति खतनाक महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन । यस रोग भएका  सँगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री), कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षण भएका सुँगर, बङ्गुर वा त्यसका पाठापाठी मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थान बाट अर्को स्थानमा लैजाँदा सजिलै संक्रमण फैलिने विभागले जनाएको छ ।यस रोग विरुद्धको हाल सम्म कुनै खोप उपलब्ध नभएकाले कुनै पनि स्थानमा अस्वाभाविक रुपमा सुँगर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा सँग सम्बन्धित निकायलाई खबर गर्ने विभागले आग्रह गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports