नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढायो
वि.सं.२०७९ जेठ ८ आइतवार २१:१०
shares

काठमाडौं ।नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा निगमले १० रुपैयाँको दरले मूल्य बढाएको हो ।
आज राति १२ बजेपछि सोमबार बाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु. १८० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु. १६३ कायम गरेको नेपाल आयल निगमले बताएको छ । साथै, एलपी ग्यासको मूल्य भने २ सय रुपैँयाले बढाइएको निगमले जनाएको छ ।






































