वीरगन्ज महानगरपालिकाको मतगणना बाँकी रहँदा नै मेयरमा जसपाका राजेशमान सिंह विजयी
वि.सं.२०७९ जेठ ९ सोमवार १०:५३
shares

पर्सा ।वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् ।
हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ ।
जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् । यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका इम्तियाज आलमले २५ हजार ५९ मत पाएर अग्रता बनाइरहेका छन् ।





































