kumari
stcnepal

नेपाली यू–१९ क्रिकेट महिला टिमलाई पाकिस्तानको सहयोग

काठमाडौं ।आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले सोमबार क्रिकेट खेल सामाग्री सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले नेपाली यू–१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीको उपस्थिति थियो ।

नेपाली टोलीले मलेसियामा जुन ४ बाट छनोट प्रतियोगिता खेल्नेछ । जहाँ नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आजै कृतिका मरासिनीलाई कप्तान नियुक्त गरेको छ । क्यानले प्रतियोगिताका लागि यसअघि नै १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

 

 

footer