२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली यू–१९ क्रिकेट महिला टिमलाई पाकिस्तानको सहयोग

871
shares

काठमाडौं ।आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले सोमबार क्रिकेट खेल सामाग्री सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले नेपाली यू–१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीको उपस्थिति थियो ।

नेपाली टोलीले मलेसियामा जुन ४ बाट छनोट प्रतियोगिता खेल्नेछ । जहाँ नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आजै कृतिका मरासिनीलाई कप्तान नियुक्त गरेको छ । क्यानले प्रतियोगिताका लागि यसअघि नै १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports