२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेनु दाहाल मतगणना नसकिँदै भरतपुरको मेयरमा निर्वाचित

819
shares

काठमाडौं ।भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल मतगणना नसकिँदै विजयी भएका छन् । भरतपुरमा १० हजार ५६२ गन्न बाँकी छ । तर, रेनुले ११ हजार ३७२ मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा एक लाख १७ हजार गणना सकिसक्दा गठबन्धनका उम्मेदवार रेनुले ४७ हजार ३९९ मत पाएका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजयी सुवेदीले ३५ हजार ८३८ मत ल्याएका छन् । गन्न बाँकी सबै मत सुवेदीका पक्षमा आउँदा पनि रेनुको जति पुग्दैन । त्यसैले मतगणना नसकिँदै रेनु विजयी भएका हुन् ।

रेनु विजयी भइसके पनि निर्वाचन अयोगले आधिकारिक घोषणा भने गरेको छैन । सम्पूर्ण मतगणना सकिएपछि मात्रै अयोगले निर्वाचित भाएको घोषणा गर्नेछ ।

रेनु दोस्रो कार्यकालको लागि मेयर निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा पनि एमालेको उम्मेदवारलाई नै पराजित गर्दै मेयर निर्वाचित भएको थिए । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएका थिए । यसपटक भने सार्वधिक मत सहित रेनु विजयी भएका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports