विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाराको पचरौता नगरपालिकामा एमालेका मेयर र उपमेयर बिजयी

663
shares

वीरगन्ज – बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।

मंगलबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नगरपालिकाको प्रमुख एमालेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन्।


उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख जनता समाजवादी पार्टीका रमेशकुमार यादवले ४ हजार ४६१ मत प्राप्त गरे। उप प्रमुखमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी सगुफा खातुनले ४ हजार १६३ मत ल्याइन्।

०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुख र उपप्रमुखमा जसपा विजयी भएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports