kumari
stcnepal

संसदमा इन्धनको मूल्य बृद्धि बारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं ।इन्धनको मूल्य बृद्धि बारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

इन्धनको मूल्य बृद्धि बारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि चर्को आलोचना भइरहेको छ ।

 

 

footer