kumari
stcnepal

सरकारको सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा

काठमाडौं ।सरकारले सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो घोषणापछि हरेक अस्पतालमा बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहनेछ ।

कतिपय मुलुकहरुमा राष्ट्रिय परिचयपत्रका आधारमा एउटा अस्पतालमा भएको विवरण अरु अस्पतालमा समेत हेर्न र उनको पुरानो स्वास्थ्य अवस्था थाह पाउन मिल्छ ।

सरकारले नीति तथा कार्यक्रम मार्फत यस्तो कार्यक्रम घोषणा गरेको हो । घोषणा कार्यान्वयन भए सरकारी, निजी, प्रतिष्ठान लगायत अन्य स्वरुपमा चलेका स्वास्थ्य निकायमा एकीकृत प्रणाली जडान हुनेछ ।

 

 

footer