kumari
stcnepal

सन्तोष कुमार राठी एनआईसी एशिया बैंकको डीसीईओमा नियुक्त

काठमाडौं ।एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेष्ठ ८ मा बसेको बैठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा रहेको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले साउन १ गते देखि लागू हुनेगरी डीसीईओमा नियुक्त गरेको हो ।

 

footer