kumari
stcnepal

सरकारको प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा

काठमाडौं ।सरकारले प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुवै तहको सबलीकरणमा जोड दिएको हो । सरकारले सुशासन सम्बन्धी नीति बनाउने घोषणा गरेको छ र राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी केही समय देखि अलपत्र परेको निजामती सेवा सम्बन्धी संघीय कानून तर्जुमा गर्ने घोषणा पनि सरकारले गरेको छ । सार्वजनिक सेवालाई उच्च मनोबलयुक्त बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सार्वजनिक निकाय बाट प्रदान गरिने सेवा भरपर्दो बनाउन आवश्यक समन्वय गरिनेछ ।’

उनले विद्युतीय सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा पनि गरिन् । सरकारले संघीय प्रशासनको छरितो बनाउन गाभ्ने र पुनर्संरचना गर्ने घोषणा गरेको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रको पुनरावलोकनको घोषणा पनि गरेको छ ।

 

footer