प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाका ३२ मध्यका २७ वडाको मतगणना सकियो, माओबादी र नेकपा एकीकृत शुन्य

663
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको ३२ वडा मध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडा मध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ ।

काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार अहिले काठमाडौं महानगरको वडा नं। १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वटा वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।

हालसम्म मतगणना सम्पन्न भएका काठमाडौं महानगरका वडाहरुमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन् ।

मतगणना सम्पन्न भएका वडाहरु मध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन् ।

काठमाडौं महानगरको वडा नं।१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports