बिराटनगर महानगरको कार्यपालिका चुनाव यहि २१ गते हुने
वि.सं.२०७९ जेठ १२ बिहीवार ०७:१८
shares

विराटनगर ।मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन जेठ २१ गते बिहान १० देखि २ बजेसम्म हुने जनाएको छ ।

रेडक्रस भवनमा हुने निर्वाचन बाट महानगरपालिकाका प्रमुख, उपप्रमुख, १९ वडाध्यक्ष, महिला, दलित र खुला सदस्य गरी ९७ जना मतदाता रहेका छन् ।
कार्यपालिकाका ५ जना महिला सदस्यका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्नेछ भने ३ जना दलित तथा अल्पसंख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ ।






































