समाजवादीको काठमाडौं महानगरको वडा १५ मा जित
वि.सं.२०७९ जेठ १२ बिहीवार १४:०६
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ ।महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादी बाट काठमाडौं महानगरका वडामा विजयी हुने एक मात्र उम्मेदवार हुन् ।
निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमाले बाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।
ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमाले बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यस वडामा मेयर तर्फ सबैभन्दा बढी बालेन्द्र साह (बालेन) ले दुई हजार १०६ मत पाएका छन् । एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याइन् ।






































