kumari
stcnepal

तराईमा उखु उत्तेजना फैलिदैछ

काठमाडौं । पटक पटक राजधानी आएर आन्दोलन गरेका उखु किसानलाई सरकारले पटक पटक भुक्तानी दिलाइदिने विश्वास दिलायो । सम्झौता गरिरह्यो सरकारले, उखु किसानको ज्यान गयो उखु बेचेको मूल्य पाएनन् ।

उखु उत्तेजनाले सिंगो मधेश फेरि आन्दोलित हुनथालेको छ । किसानको उखु किन्ने, दशौं वर्षसम्म भुक्तानी नदिने चिनी मिलहरुलाई कारवाही गर्न नसक्नु भनेको त्यहाँ पनि राजनीतिकरण भएर हो ।

ठूला राजनीतिक दलहरु चिनी मिल मालिकसँग चन्दा लिने, तिनको अपराधलाई ढाकछोप पार्ने गरेपछि चिनी मिलले किसानको मूल्य किन तिर्छन् ? सामाजिक सञ्जालहरुमा लेखिन थालेका छन् – सरकारले आफैले गरेको सम्झौता पूरा नगरेर मधेशमा फेरि उत्तेजना फैलाउने कार्य गर्दैछ । जनता उचाल्ने, घृणा फैलाएर हत्याको राजनीति गर्ने र लाश माथी टेकेर पार्टीहरुले राजनीति गर्न थालेपछि मधेश अर्को आन्दोलन गर्ने मूडमा पुगेको छ ।

राजनीति गर्ने र सरकार चलाउने दुबैतिर बेइमानी भएपछि जनतामा आक्रोश त बढ्छ बढ्छ । मधेशमा आगो बल्न थाल्यो ।

footer