तिन सहसचिवको सचिव बढुवामा सिफारिस
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०७:०४
shares

काठमाडौं ।प्राविधिक तर्फ रिक्त सचिवको रिक्त पदमा तीन जनाको सिफारिस भएको छ । सिफारिस भएका तीन मध्ये एकको बढुवा हुनेछ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहिवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राबिधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र बिश्वबाबू पुडासैनीको नाम सिफारिस गरेको हो । सचिव देवेन्द्र कार्कीको अवकाश पछि उनीहरुको बढुवा सिफारिस भएको छ ।
प्रशासन तर्फ पनि सचिवको एक पद रिक्त छ । सचिव यामकुमार खतिवडाले अवकाश पाएपछि सचिव पद रिक्त भएको हो ।




































