प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र उठेर जितेकाहरु दलकाका लागि चुनौती नभएर दलहरुका लागि समीक्षाका लागि पाठ हो : प्रचण्ड

611
shares

काठमाडौं ।माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताएका छन् ।

शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको भन्दै साँचो अर्थमा स्वतन्त्र भएको उल्लेख गरे । बाँकी उम्मेदवार भने पार्टीकै बलमा जितेको उनले बताए । काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनको भनाइ छ ।

उनले भने संघीय लोकतान्त्रिक गणतन्त्र भित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’ उनले पार्टीहरुले नीतिहरु र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको समेत उल्लेख गरे । स्वतन्त्र उम्मेदवारलाई घेराबन्दी हुन सक्ने भन्दै उनले सचेत रहन समेत सुझाव दिए । स्वतन्त्र उठेर जितेकाहरु दलकाका लागि चुनौती नभएर दलहरुका लागि समीक्षाका लागि पाठ भएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports