प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट : सांसद गजेन्द्र महत

572
shares

काठमाडौं ।प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । सत्तारुढ र विपक्षी दलका सांसदहरु नीति तथा कार्यक्रम माथि धारणा राखिरहेका छन् ।त्यही क्रममा शनिबार प्रतिनिधिसभाको रोष्ट्रममा जुम्ला बाट निर्वाचित सांसद गजेन्द्र बहादुर महत ताला र चाबी लिएर पुगे । उनका अनुसार उनी ताला चाबी लिएर रोष्ट्रम उक्लनुको कारण हो– बोल्नका लागि कम समय दिइनु ।

महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्र बाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई ताला र चाबी बुझाए । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि बोल्न सांसदहरुलाई समय निर्धारण गरिएको छ । पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण नगर्ने अभ्यास छ । यही अभ्यास प्रति आक्रोश पोख्दै उनले भने, ‘गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट ?’

बिहीबार नीति तथा कार्यक्रम माथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले करिब ३ घण्टा बोलेका थिए । ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु’, महतले संसदमा भने, ‘त्यसो भएको हुनाले उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports