कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्छ : प्रचण्ड
वि.सं.२०७९ जेठ १४ शनिवार १५:१४
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्ने बताएका छन् ।
प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्सा बाटै विद्रोह सुरु हुनसक्ने भन्दै कर घटाएर भए पनि रोक्नु पर्ने बताएका हुन् ।
‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । भान्सा बाट विद्रोह सुरु हुन्छ कि भन्ने परिस्थिति बनेकै छ’ प्रचण्डले भने, ‘पेट्रोलियम पदार्थमा छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् । हाम्रोमा पनि त्यसैगरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् । प्रधानमन्त्रीलाई भनेको छु कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नुपर्यो । अन्यथा जनतामा आक्रोश बढ्न सक्छ ।’
अन्तर्राष्ट्रिय राजनीति, कोरोना लगायतका कारण नेपाल पनि असर परेको भन्दै उनले सबैले यसको सामना सबै मिलेर गर्नुपर्ने बताए ।




































