linktrix Long Ad
Salt Trading Long Ad

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जित्यो, लोरीले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड हात पार्यो

728
shares

काठमाडौं ।विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।

नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ । एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी होसमा आउँछिन् वास्तविकता धेरै डरलाग्दो र जीवन परिवर्तन गर्ने देखिन्छ ।

यो फिल्मको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाले यसमा अभिनय गरेका छन् । नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् ।

मुख्य प्रतिस्पर्धा तर्फको अवार्ड पाम दे ओर चाहिँ रुबेन ओस्टलन्डले ‘ट्रयांगल अफ स्याडनेस’बाट जिते । उनको यो दोस्रो पाम दे ओर हो । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड जितेका थिए । ११ दिन सम्म चलेको कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’बाट प्रतिनिधित्व गर्दै रेडकार्पेट नापेकी थिइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports