सरकारले अब ६८ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:५६
shares

काठमाडौं ।अब ६८ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई सरकारले वृद्धभत्ता दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ६८ वर्ष भन्दा माथि उमेर समूहका लागि वृद्धभत्ताको व्यवस्था गरिएको उल्लेख छ । अघि ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने व्यवस्था थियो ।
७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई हाल ४ हजार रुपैयाँ प्रदान गरिदै आएको छ । त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो ।







































