विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ दलहरुको गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

663
shares

काठमाडौं ।सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन पछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रम बारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports