२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

1.12K
shares

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मत सहित तेश्रो स्थानमा रहे ।

उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् । नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन् । १६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो ।कांग्रेसले नौ वटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports