२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावको समीक्षा गर्न बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो

858
shares

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी चुनाव तर्फ संकेत गर्दै धोका नदिने बताएका छन् ।

सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तर बाटै गरेका थिए । तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरुमा समेत बागी उम्मेदवारी परेको थियो । चुनावको समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।जवाफमा प्रधानमन्त्री देउवाले भने पार्टीभित्र मतभेद भएका कारण पनि तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् । उनले अघि भने, ‘तर हामी धोका दिन्नौं ।’

छलफलका क्रममा नेताहरुले तालमेल प्रभावकारी भएको भए एमाले थप कमजोर हुन्थ्यो भनेका थिए । ‘राम्रो सँग तालमेल भएन । तालमेल भएको भए एमालेलाई धुलो चटाउन सकिन्थ्यो,’ एक नेता भन्छन्, ‘यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने कुराकानी भयो ।’बैठकले नगर कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति गरेर अघि बढ्ने जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports