२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

1.31K
shares

काठमाडौं ।आईजीपी नियुक्ति विरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआईजीको बढुवा विरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवा विरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंह विरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो । आज उनीहरुको मुद्दामा सुनुवाइका लागि अदालतले म्याद तामेल गरेको छैन । फरक-फरक मुद्दा एकै ठाउँमा राखिएको र तामेल पनि नगरेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।

मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आईजीपी विवाद बारे सर्वोच्चका अदालतले सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाउन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालि सकेका छन् । यसैबीच पोखरेलले इजलासमा आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन् । मुद्दाको छिनोफानो हुन ढिलाइ भए आफू साउन २० गते बाट अनिवार्य अवकाशमा जाने भएकाले छिटो टुंगो लगाइदिन उनले आग्रह गरेका हुन् । ‘छिटो न्याय पाउँ श्रीमान्, मेरो मुद्दाको टुंगो नलागे साउन २० मा अवकाश हुन्छ । यो मुद्दाको २–३ दिन भित्रै टुङ्ग्याइयोस्’, पोखरेलले भने । जवाफमा न्यायाधीश न्यायाधीश श्रेष्ठले छिटो फैसला गरिने आश्वासन दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports