विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डिआईजी बन्न तिब्र प्रतिष्पर्धा

520
shares

काठमाडौं ।नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा निकै पेचिलो बन्ने संकेत देखिएको छ । अब हुने डिआइजी बढुवाले ९ महिना पछिको प्रहरी महानिरीक्षक (आइजिपी) को तय गर्ने भएकाले बढुवामा तिव्र प्रतिस्पर्धा सँगै पेचिलो बनेको हो ।

बढुवाका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गृहकार्य अघि बढाउँदा केही प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु चर्काे दौडधुपमा लागेका छन । केही एसएसपीहरू त अस्वस्थ्य चलखेलमै लागेको सूचना आउन थालेको प्रहरी प्रधान कार्यालयकै एक अधिकृतले जनाएका छन । ती अधिकारीका अनुसार पैसा र पावरको भरमा शक्तिकेन्द्रलाई हातमा लिएर बढुवा हुन केही एसएसपी सक्रिय भएका हुन ।

नेपाल प्रहरीमा डिआइजीका १७ दरबन्दी रिक्त भएका छन । जसमा मुख्यगरी १७ एसएसपी बीच प्रतिस्पर्धा छ । एका तर्फ बढुवामा तीन जनाभित्र पर्न प्रतिस्पर्धा छ भने, अर्काे तर्फ १७ भित्र पर्न पनि त्यतिकै चलखेल बढेको छ । डिआइजीमा बढुवा हुँदा पहिलो लटमा परेका १३ जना एसएसपीको टोली डिआइजी बढुवामा प्रमुख दाबेदार छन । जसमा भिम प्रसाद ढकाल, सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ र बसन्तबहादुर कुँवर र छन् । यही टोली भित्र टप ३ मा पर्न चर्काे प्रतिस्पर्धा रहेको छ ।

यो टोलीपछि १४ जनाको टोली पनि अहिले डिआइजी हुने लाइनमा छ । सो टोली बाट अशोक सिंह, सुदीप गिरी, चन्द्रकुबेर खापुङ, कुबेर कडायत, जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल रहनुभएको छ ।

गत वर्ष एसएसपी भएका उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल, विकासराज खनाल मध्ये पनि केही पर्न सक्ने देखिएको छ । सत्ता गठबन्धनका नेताहरुलाई रिझाउन धेरै एसएसपीहरु निवासको दौडधुपमा रहेका छन । डिआइजी बढुवामा गृहमन्त्री बालकृष्ण खाँण निकट केही ब्यक्तिहरु मोलमोलाइमा रहेको दावी समाचार स्रोतले गरेको छ । मन्त्री निकटका कतिपय ब्यक्तिहरु आर्थिक लाभ लिएर बढुवा गर्ने योजना सहित यो धन्दामा लागेको स्रोतको भनाई छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports