विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य

598
shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए । अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिए ।

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोही कारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए । नेपालमा अहिले हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो । नेपालमा जहाज चलाउँदा चलाउँदै पाइलट अचेत हुने वा अन्य स्वास्थ्य समस्या आएमा थप ठूलो दुर्घटना नहोस भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताइएको छ । विश्वका अधिकांश मुलुकमा सिंगल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन । तर, नेपालमा भने प्राधिकरणले नौलो निर्णय गरेको छ ।

प्राधिकरणको निर्णय वायुसेवा कम्पनी सम्म भने पुगिसकेको छैन । एक वायुसेवा सञ्चालकले यस्तो निर्णय भए पनि कार्यान्वयनमा आउन भने सम्भव नरहेको प्रतिक्रिया दिए । नेपालमा पाइलटको संख्या, हेलिकप्टरको विजनेश, यात्रुको अवस्था अध्ययन नगरी प्राधिकरणले निर्णय गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने उनले बताए । ‘अहिले सम्म सर्कुलर पाएका छैनौं,’ उनले भने, ‘कार्यान्वयन अनिवार्य गर्ने हो भने पनि व्यवहारमा उतार्न सम्भव छैन ।’ नेपालमा हेलिकप्टरको बढ्दो प्रयोग सँगै सञ्चालकहरुले पाइलट भने विदेश बाट मगाउनु परेको छ । सामान्यतया एउटा हेलिकप्टरमा एक जना पाइलट राखेर पनि पूर्ण क्षमतामा उडाउन दैनिक औसत २.६ जना पाइलट आवश्यक पर्छ । यसको तुलनामा नेपालमा स्वदेशी पाइलट उपलब्ध नहुँदा विदेश बाट पाइलट मगाउनु पर्ने आवश्यता रहेको वायुसेवा कम्पनीहरुको भनाइ छ ।

नेपाली कम्पनीमा १५–२० जना विदेशी पाइलटले सेवा दिइरहेको बताइएको छ । नेपाली पाइलटको संख्या ३०–३५ हाराहारीमा छ । आवश्यकताको तुलनामा उत्पादन कम हुँदा नेपालमा हेलिकप्टर उडान विदेशी पाइलट भित्राउनु पर्ने बाध्यता रहेको सञ्चालकहरुको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports