एमालेद्वारा बागमती प्रदेशमा बैठक अवरूद्ध
वि.सं.२०७९ जेठ १९ बिहीवार १०:४७
shares

काठमाडाैँ – बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भए लगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको हाे। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माथि छलफल गर्न बसेको बैठक सुरु भए लगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए। मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए।
उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसदमा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गरेका हुन्। बैठक अझै चल्न सकेको छैन।





































