इतिहासको सम्मान गरौ, स्व. राजा बिरेन्द्रको सालिक राख्न दिईनु पर्दछ
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:१९
shares

बाँके ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिले इतिहासको सम्मान गर्दै स्व. राजा विरेन्द्र शाहको शालिक स्थापना गर्न माग गरेको छ ।
बाँकेको नेपालगञ्जमा जनस्तर बाट शालिक राख्ने क्रममा प्रहरी बाट अवरोध भएपछि प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले जनसाधारण माथिको धरपकडको घटनामा ध्यानाकर्षण भएको जनाएका छन् ।
घटनामा पक्राउ परेका सबैलाई तत्काल विना शर्त रिहा गर्न पनि राप्रपाले माग गरेको छ । अन्यथा उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार हुनुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।




































