विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री समक्ष आठ प्रश्न र दुई सुझाव राखे गगन थापाले

676
shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री समक्ष आठ प्रश्न र दुई सुझाव राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बजेट माथिको छलफलमा सहभागी हुँदै थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, खर्च, पारदर्शिता लगायतका आठ विषयमा जिज्ञासा राखेका थिए ।

२० प्रतिशत बजेटको आकार वृद्धि गरिएको भन्दै उनले कुन तथ्य, तथ्यांक र प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको भनेर प्रश्न गरे । ‘हाम्रो स्रोत व्यवस्थापनमा हामीले के नयाँ गर्दैछौं वा हाम्रो क्षमता अभिवृद्धि गर्ने कुरामा के नयाँ गर्दैछौं जसको कारणले गर्दा माननीय अर्थमन्त्री जीले करिब करिब २० प्रतिशत बजेटको आकार वृद्धि गर्ने कुरा यहाँ प्रस्तुत गर्नु भएको छ,’ थापाले भने, ‘म जस्तो एउटा सांसदलाई यो तथ्यमा, यो तथ्यांक, यो प्रमाणमा आधारित भएर मैले यो आकार ल्याएको छु भनेर मलाई कसरी आश्वस्त पार्नुहुन्छ ?’ ।

स्रोत व्यवस्थापनको बारेमा उनले फेरि प्रश्न गरे, ‘अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशत भन्दा बढी कसरी बढ्छ ? कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्पिरिटका साथ बजेट ल्याएको भन्दै उनले अर्थमन्त्रीलाई धन्यवाद दिए । त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आजै देखि काम गर्नुपर्नेमा उनले जोड दिए । ‘ऐन, कार्यविधि बनाउने कुरामा खासगरी कृषि मन्त्रालयको संस्थागत क्षमता सँग जोडिएका केही विषयमा अर्थ मन्त्रालयले समय देखि नै काम गरेन भने बजेटका कार्यक्रम कागजमा सीमित हुने छ,’ उनले भने ।

प्रदेशको सरकारको बजेट अबको १० दिनमा आउने बताउँदै उनले, प्रदेश सरकार सँग कृषि क्षेत्रमा बजेट मार्फत् गर्न खोजेको काम बारे छलफल गर्न उनले सुझाव दिए । पूर्वमन्त्री थापाले भने, ‘प्रदेश सरकारलाई बोलाएर, छलफल गरेर यो पटकको डिरेक्सन यो छ । तपाईंहरुले बजेट ल्याउँदै गर्दा एगि्रकल्चरमा यसो गर्नुस्, प्रदेशलाई यो गर्दैछौं, स्थानीय सरकारलाई यो गर्दैछौं भनेर भनेको थाहा छैन । हार्मोनाइज कसरी गर्ने ? यो हार्मोनाइज गरिएन भने थुप्रै कुरा स्थानीय सरकार र प्रदेश सरकारले गर्ने भनेको कुरा यहाँ आएर अडि्कन्छ ।’

बजेटमा उल्लेखित उत्पादन र उपभोग वृद्धि गर्ने कुरा राम्रो भएको भन्दै थापाले यसमा उद्योग मन्त्रालयले नेतृत्व लिनुपर्ने बताए । ‘उद्योग मन्त्रालयले लिड गर्ने, प्रशस्त ठाउँमा छरिएको छ, त्यो सबै छरिएका कार्यक्रमलाई एक ठाउँमा ल्याउने,’ थापाले भने, ‘चाहे त्यो करमा छुट होस्, चाहे त्यो प्रोत्साहन होस्, चाहे त्यो सहज बनाउने कुरा होस् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports