२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनमा भएका त्रुटी सच्याउन अध्यक्ष ओलीको निर्देशन

1.83K
shares

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका त्रुटिहरु सच्याउन निर्देशन दिएका छन् । बिहीबार स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा पार्टीका जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरुलाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले स्थानीय तहको निर्वाचनमा भएको गम्भीर गल्ती र त्रुटीलाई अव नदोहोर्याउने गरी हरेक संगठन भित्र अभियान चलाउन निर्देशन दिएका हुन् । त्यस्तै, बैठकमा अध्यक्ष ओलीले ठोस बुँदा पनि केलाएका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनाएका छन् । ‘चुनावमा अपेक्षा गरेअनुसारको परिणाम किन आएन ? को को बाट बदमासी भयो ? के कस्ता अनुशासनहीन काम भए ? यी सवै कुरालाई मसिनो गरी अध्यक्ष कमरेडले बैठकमा केलाउनु भएको छ,’ बैठकपछि संयोजक ढकालले भने, ‘अनुशासन कायम गराउन कुन तहको उपचार गर्ने ? र कुन तहको डाइड खुवाउनु पर्ने हो त्यो काम पार्टीले गर्ने प्रष्ट खाका राख्नुभएको छ ।’

बैठकमा अध्यक्ष ओलीले झण्डै दुई घण्टा सम्बोधन गरेका थिए । निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा पार्टी भित्रै घात भएको कुरा देखि सरकारी तवर बाट भएको धाँधली र मतको सुरक्षामा देखिएको कमजोरीलाई अध्यक्ष ओलीले मसिनो गरी केलाएका छन् । यी सबै पक्षहरुलाई सुधार्दै आगामी निर्वाचनमा जान विशेष तयारी गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । अध्यक्ष ओली सहित उपाध्यक्ष बिष्णु पौडेल सहभागी भएको बैठकले आगामी निर्वाचनलाई केन्द्रित गरेर वडा र टोल सम्म आफ्नो संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

बैठकले देशभर भएको धाँधली र बुथ कब्जा तथा एमाले कार्यकर्ताको हत्या प्रति खेद ब्यक्त गर्दै सत्ता गठबन्धनको अपराधलाई जनतामाझ लैजाने निर्णय गरेको सहसंयोजक रचना खडकाले जानकारी दिइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports