विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजा बिरेन्द्रको सालिक पुनःस्थापनामा अवरोध गरेकोमा पूर्व राजा ज्ञानेन्द्र शाह बाट दुख प्रकट

663
shares

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा भएको अवरोध प्रति दु:ख जनाएका छन् । राट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुन:स्थापना गर्ने कार्यमा अवरोध पुर्‍याइएको भन्दै सो घटना बाट आफू स्तब्ध भएको उनले विज्ञप्ति मार्फत् उल्लेख गरेका छन् ।

‘नेपालगञ्जबासी जनताको तर्फ बाट आज बाँके जिल्लाको नेपागञ्ज स्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुन:स्थापना गर्ने कार्य प्रति अवरोध पुर्‍याइएको घटना बाट हामी स्तब्ध भएका छौं’, पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ ।

नेपालको गौरवमय इतिहासमा राजा वीरेन्द्रको योगदान स्मरणीय रहेको भन्दै शाहले भनेका छन्, ‘राष्ट्रिय जनमत संग्रह, युगानुकूलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’

जुनसुकै विचार, दर्शन, अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पुर्‍याउनेहरूलाई विश्वव्यापी परम्परा रहेको स्मरण गर्दै उनले लेखेका छन्, ‘इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो, त्यो अत्यन्त दुःखदायी हो । इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरूद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports