विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महंगी बिरुध राप्रपाले आन्दोलन गर्ने

754
shares

बनेपा ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविका सँग जोडिएको मूल्य वृद्धि लगायतका विभिन्न विषयलाई लिएर विरुद्धमा आन्दोलन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिन सम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखाद लगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यसको विरुद्धमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको सङ्घीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports