प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छुवाछूतमुक्त राष्ट्र घोषणालाई अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकिएको छैन : झलनाथ खनाल

689
shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले दलित समुदाय माथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै नेता खनालले छुवाछूत मुक्त राष्ट्र घोषणालाई अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न नसकिएको बताए ।

‘छुवाछुत मुक्त घोषणा गरिसकिएको अवस्थामा पनि छुवाछुत सम्बन्धि छिटपुट घटना भइरहनु दुर्भाग्यपूर्ण हो । दलित समुदाय माथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकाय सबैमा म गम्भीर ध्यानाकर्षण गराउँदछु’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेता खनालले सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई पनि विभेदका घटनाका विरुद्धमा सशक्त रुपमा उभिन र व्यावहारिक रुपमा नेपाललाई सवै किसिमका विभेद बाट मुक्त गरी सभ्य र समतामुलक समाज निर्माण गर्न आग्रह गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports