प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

663
shares

काठमाडौं। भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।

महामारी सुरु भएपछि भारतमा अहिले सम्म कोभिड बाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिड बाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्क भन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports