सत्ता साझेदार एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
वि.सं.२०७९ जेठ २१ शनिवार १५:५२
shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुने स्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो बैठक सुरु भएको हो ।
बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने नेताहरुले बताएका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।





































