विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

767
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाले वातावरण संरक्षण अभियानमा आआफ्नो ठाउँ बाट योगदान गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले वातावरणको संरक्षण नहुँदा जलवायु परिवर्तन भई विभिन्न प्रकोहरूको सामना गर्नु पर्ने र यसले नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढी मात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् । वातावरणीय समस्या सँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उनले अपेक्षा लिएका छन् ।

यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।प्रधानमन्त्री देउवाले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृति सँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ । नेपालमा भने ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी आज विश्व वातावरण दिवस मनाइँदैछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports