झापामा धुलावारीको एक पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
वि.सं.२०७९ जेठ २२ आइतवार १५:२५
shares

झापा – झापाको धुलाबारी बजारमा भीषण आगलागी भएको छ। धुलाबारी बजारमा रहेको एक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पसल बारे विस्तृत जानकारी आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए। अहिले मेचीनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागी नियन्त्रणमा स्थानीयबासी पनि खटिएका छन्। प्रहरीका अनुसार आगो अन्यत्र फैलिन जोखिम कम भएको छ।


































