विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाजपाका नेता नुपुर शर्माले पैगम्बर मोहम्मद प्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतको विरोध

598
shares

काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा) का नेता नुपुर शर्माले पैगम्बर मोहम्मद प्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतले विरोध जनाएका छन् । कतार र कुवेतले आ–आफ्नो विदेश मन्त्रालयमा भारतीय राजदूतहरुलाई बोलाएर विरोध प्रकट गरेका हुन् । कतारका विदेशमन्त्री सुल्तान विन साद अल मुराइखीले भारतीय राजदूतलाई औपचारिक पत्र दिएका थिए । विदेशमन्त्री मुराइखीले भारत सरकारले सार्वजनिक माफी र भाजपा नेताको अभिव्यक्तिको निन्दाको अपेक्षा पनि गरेको जानकारी गराएका थिए ।

त्यसपछि कतार स्थित भारतीय दूतावासका प्रवक्ताले अपमानजनक टिप्पणी गर्ने शर्मालाई पहिले नै कडा कारबाही गरिसकेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । भाजपाको राष्ट्रिय प्रवक्ता शर्माले विवादित अभिव्यक्ति दिएपछि भाजपाले उनलाई पार्टी सदस्य बाट समेत निलम्बन गरिसकेको छ । अर्का नेता नवीन कुमार जिन्दललाई पार्टी बाट निस्कासित गर्ने निर्णय भाजपाले गरेको छ ।

यसैबीच कुवेतको विदेश मन्त्रालयले पनि भारतीय राजदूतलाई बोलाएर नुपुर शर्माको अभिव्यक्ति प्रति औपचारिक रुपमा आफ्नो विरोध प्रकट गरेको थियो । कुवेतको विदेश मन्त्रालयका एशिया मामिलाका सहायक सचिवले पैम्बर मोहम्मद विरुद्ध भारतमा सत्तारुढ पार्टीका एक अधिकारीले दिएको बयानको कडा शव्दमा निन्दा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यही प्रकरणमा कतार र कुवेतको विरोधपछि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशन (ओईसी) ले पनि भाजपाका नेताहरुको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शर्माले पैगम्बर मोहम्मद र कुरानको नाम लिंदै अपमानजनक अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । त्यसपछि भाजपाले विज्ञप्ति जारी गर्दै सबै धर्मको सम्मान गर्ने र कुनै पनि धार्मिक महापुरुषको अपमानको कडा शब्दमा निन्दा गर्ने स्पष्टीकरण दिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports