जग्गा बेचेको पैसा आबिस्कार केन्द्रलाई
वि.सं.२०७९ जेठ २६ बिहीवार १०:५५
shares

काठमाडौं ।लमजुङका रमाकान्त अधिकारीले राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिका बस्दै आएका अधिकारीले नेपालमा रहेको जग्गा बेचेर प्राप्त भएको रकम केन्द्रलाई दिएका हुन् ।
अधिकारीले कीर्तिपुर स्थित आविष्कार केन्द्र पुगेर संस्थापक महाविर पुनलाई रकम हस्तान्तरण गरेका हुन् । उनले केन्द्रमा भइरहेको कामको समेत अवलोकन गरेको पुनले बताए ।





































