नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा छैन : गगन थापा

429
shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरु बीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकार सँग र समस्या समाधान गर्न बनेको संयन्त्र सँग विश्वास गर्न आग्रह गरे ।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए । उनले अहिले सरकार सँग भएको पैसा बाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे ।उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो तर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकार सँग भएकै पैसा बाट मजाले काम गर्न सकिन्छ । बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ ।’

महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने बताए । ‘१७० पटक सम्झौता भएको छ, तपाईहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामी बाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरीकन काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् ।’ उनले भने, ‘तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसाबले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहोर्‍याउँदैनौँ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports