सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ सरकार निर्माण हुन नसक्ने अवस्थाको सिर्जना

377
shares

काठमाडौ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतको सम्वैधानिक इजलासले बदर गरिदिएपछि मुलुकमा राजनैतिक संकट देखिएको छ । अदालतले फागुन ११ गते प्रतिनिधिसभाको विघटनलाई असम्वैधानिक भन्दै प्रतिनिधिसभाको विघटनलाई बदर गरिदिएको थियो । सत्ताधारी तत्कालिन नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक संकट अझ बढ्दै गएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको दर्ता नै खारेज भएपछि २०७५ साल जेष्ठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण समेत बदर भएको छ । तत्कालिन नेकपाको एकीकरण बदर भएपश्चात् नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपनि माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिन भने पनि आजसम्म फिर्ता लिएको छैन । संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको विघटनलाई विरोध गर्दे सडक आन्दोलनमा गएका थिए । नेकपा एमाले भित्रपनि प्रतिनिधिसभाको विघटनलाई नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल समूहले विरोध गर्दै आएको थियो । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा उनीहरुले सडक आन्दोलनमा गएका बेला उठाएका विषयहरु समेत संकटमा परेका छन् । नयाँ सरकार निर्माणको लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकमत हुन नसकेकै बेला प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुनर्पै आवाज उठाउन थालेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्री ओली बहुमतमै रहेको अवस्था रहेकोले अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने अवस्था देखिँदैन । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा भने प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीहरु समेत एक हुन नसकेको अवस्थामा यदि प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएको खण्डमा नयाँ सरकार निर्माण हुन सक्ने सम्भावना न्यून देखिएको छ । नयाँ सरकार निर्णयको लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एक हुनुपर्ने आवश्यकता भएपनि उनीहरु मध्येका तिनै पार्टीभित्र एकमत हुन नसकेको अवस्थमा नयाँ सरकार निर्माण हुन सक्ने अवस्था रहँदैन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीको सरकारलाई समर्थन नदिएको अवस्थामा वा ऊ तटस्थ बसेको खण्डमा पनि नयाँ सरकार निर्माण हुन नसक्ने अवस्था रहेकोले ताजा जनादेश बाहेक अर्को विकल्प देखिँदैन ।

सर्बोच्च अदालतको सम्वैधानिक इजलासले राजनैतिक अवस्था र संसदमा रहेका दलहरुको संख्यात्मक अवस्था नहेरि प्रतिनिधिसभाको विघटनलाई बदर गरिदिएको र अदालतले नै तत्कालिन नेकपाको दर्ता खारेज गरि नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्व कायम गरिदिएपछि राजनीतिक संकट अझ बढ्दै गएको छ । प्रतिनिधिसभाको विघटनलाई विरोध गर्दे सडक आन्दोलनमा गएका दलहरु कांग्रेस, मा‌ओवादी केन्द्र र जसपाले प्रतिनिधिसभाको विघटनलाई अदालतले बदर गरिदिएको खण्डमा मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुने बताउँदै आएका थिए । तर अदालतले प्रतिनिधिसभाको विघटनलाई बदर गरिदिएको डेढ महिना पुग्न लाग्दा समेत विपक्षी दलहरुले नयाँ सरकरा निर्माण गर्ने कार्यलाई तीव्रता दिन नसकेका र उनीहरु बीचमै आन्तरिक द्वन्द्व बढेको हुनाले प्रष्ट हुन्छ ताजा जनादेश बाहेक अब अर्को विकल्प छैन भनेर ।

मुलुकको राजनीतिक अवस्था जटिल अवस्थामा पुगेकोले गर्दा प्रायः सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ । प्रदेश सरकारहरु समेत संकटमा पर्दै गएका छन् भने विकास निर्माणका कार्यमा समेत असर पर्दै गएका हुनाले अब सबै दलहरुले एकमत भएर ताजा जनादेशमा जानु बाहके अर्को कुनै विकल्प देखिँदैन । विपक्षी दलहरुले नयाँ सरकार निर्माण गर्न नसक्ने र प्रधानमन्त्रीले विश्वासको मत समेत लिन नसक्ने अवस्था सिर्जना भएको अवस्थामा जनता कहाँ पुग्ने बाटो नै समस्याको एकमात्र समाधान हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको सही निर्णय रहेछ भने अहिले प्रमाणित हुँदै गएको छ । यी सबै तथ्यहरुले प्रष्ट हुन्छ फेरी पनि जनताकहाँ जानुबाहेक अर्को विकल्प देखिँदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports