सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस दाहालको शिखण्डी हुने कि आफ्नै खुट्टामा उभिने ?

507
shares

काठमाडौ । गत पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतको सम्वैधानिक इजलासले बदर गरिदिएपछि पनि राजनीतिक संकट समाप्त भएको छैन । राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भएकै कारण मुलुक अझ संकटमा फस्दै गएको छ । सत्ताधारी दल नेकपा एमालेभित्र पनि आन्तरिक द्वन्द्व तीव्र भएको छ ।

पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि अनेक प्रकारका आरोप लगाउँदै आएका छन् भने संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसी माओवादी केन्द्र र जनता समाजवादी दलभित्र समेत एक मत हुन सकेको छैन । कांग्रेसले आफूलाई लोकतन्त्रको मसिया ठाने पनि कांग्रेसले लोकतान्त्रिक चरित्र देखाउन सकेको छैन । पार्टी सभापति शेर बहादुर देउवाले ताजा जनादेशलाई प्राथमिकतामा राखेका भएपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह ताजा जनादेशको सट्टा सत्ता हत्याउने खेलमा सक्रिय भएकाले कांगे्रसले संस्थागत निर्णय लिन सकेको छैन । नेपाली कांग्रेस पछिल्लो समयमा प्रधानमन्त्री ओली विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ । नेपाली कांग्रेस पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने झैँ कम्फटेबल सरकार गठनको माध्यम र साधन बन्न तयार रहेको हो कि भन्ने प्रश्न समेत उठ्न थालेका छन् ।

संसदको प्रमुख प्रतिपक्षी दल भएको नाताले कांग्रेसले निर्वाचनका बेला जनताले दिएको म्यान्डेटमा रहेर अघि बढ्नुपर्नेमा अहिले कांग्रेसले सत्तामा जान खोज्नु भनेको जनताले दिएको जनादेशम विपरित कार्य हो । कांग्रेसले सरकरको नेतृत्व लिएपनि दलहरुको चरित्र हेर्दा उसले पनि बाँकी समय सरकार सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन । संसदमा रहेका सत्ता पक्षका सांसदहरु नै एकजुट हुन सकेका छैनन् भने कांग्रेसभित्र पनि एक मत छैन त्यसैगरी जनता समाजवादी पार्टीभित्र पनि आन्तरिक द्वन्द्व देखिएको छ ।

सरकार निर्माणका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी एकै ठाउँमा उभिनुपर्ने अवस्था छ । यी तीन दलसँग नयाँ सरकार निर्माण गर्ने संख्या रहेपनि एकमत हुन नसकेकै कारण यी दलहरुले कुनै निर्णय गर्न सकिरहेका छैनन् । अहिलेको अवस्था हेर्दा ताजा जनादेशले मात्र राष्ट्रिय राजनीतिक प्रणाली र प्रवृत्तिगत रोग तथा राजनीतिक प्रदुषणको उपचार हुन सक्छ । अहिलेको अवस्थामा नयाँ सरकार निर्माण भएपनि त्यसले समस्याको समाधान नहुने भएकाले अन्य राजनीतिक दलहरुले अर्को सरकार निर्माणको लागि अघि बढ्नु भन्दा प्रधानमन्त्री ओलीसँगको सहकार्यमा ताजा जनादेशका लागि अघि बढ्नु नै राष्ट्रिय राजनीतिको माग हो ।

कांग्रेसको लागि अहिले सुवर्ण अवसर आएको छ । प्रजातन्त्रको बहाली र पुर्नवहाली गरेको जिम्मेवार तथा पुरानो पार्टीको नाताले पनि लोकतन्त्रको प्रवलीकरणको दायित्व पनि कांग्रेसकै काँधमा आएको छ । पुष्पकमल दाहाल, बाबुराम भट्टराईले आफ्नो स्वार्थका लागि गुथाईदिएको सत्ताको पगरी भिर्नु भन्दा आफ्नै खुट्टामा उभिएर अघि बढ्नु नै उपयुक्त हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports