२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

1.14K
shares

हेटौंडा – साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो।

आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधी जितेको थियो। आर्मीको लागि कप्तान भरत खवासले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा विजय यूथका डोना थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका हुन् ।

५० औं मिनेटमा आर्मीका कमलबहादुर थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएको थियो। विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। पाएको पेनाल्टी दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी अग्रता बढाउन बाट चुक्यो।

उपाधि जिते सँगै आर्मीले १५ लाख रुपैयाँ सहित ट्रफी प्राप्त ग¥यो। विजय यूथले भने १० लाख रुपैयाँमा नै चित्त बुझाउन बाध्य भएको छ। जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports