प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले प्रस्ताव गरेको एसपीपीमा एमालेको गम्भीर असहमति छ : शंकर पोखरेल

767
shares

बुटवल ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन् । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने उनको भनाइ छ ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताए । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपी प्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमण बारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे ।

फरक प्रसंगमा महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाए पनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे ।‘कांग्रेस पहिलो दल भयो भन्ने सत्य होइन, कांग्रेसले जितेको सिट संख्या अरु दलको अंशियारीमा प्राप्त मतका कारण हो’, पोखरेलले भने, ‘एमाले एक्लै एकातिर, ५ दलीय गठबन्धन अर्कोतिर हुँदा गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ ।’ स्थानीय चुनावको परिणामले संघीय र प्रदेश चुनावलाई असर नपर्ने उनले दावी गरे ।

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मंगलबार दाङका एकराज बस्नेतकी पत्नी र छोरीलाई गरेको हातपात बारे बोल्दै पोखरेलले कानुन हातमा लिने अधिकार कसैलाई नभएको बताए । सरकारले यसबारे यथोचित जवाफ दिनुपर्ने उनले बताए । पार्टी स्थायी समिति सदस्य घनश्याम भूसाल माथिको कारबाहीको विषय पार्टीको अनुशासन आयोगले केन्द्रीय कमिटीलाई प्रतिवेदन दिएपछि थाहा हुने महासचिव पोखरेलले बताए । ‘अनुसासन आयोग स्वायत्त निकाय हो, उसले आवश्यक निर्णय गर्छ’, उनले भने, ‘संस्थागत निर्णय प्रक्रिया भन्दा बाहिर जाँदा जो कोहीलाई समस्या हुन्छ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभई दक्षिणपन्थी भएको जिकिर गर्दै पोखरेलले उनीहरु वामपन्थमा आए मात्रै गठबन्धन र तालमेल बारे सोच्न सकिने बताए । आउने संघीय र प्रदेशको चुनावमा एमाले एक्लै लड्ने पनि उनको दावी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports