प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेश सरकारको ऊर्जा बचत गर्ने बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश

585
shares

काठमाडौं ।बंगलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बंगलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न आदेश दिएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका महानिर्देशक (प्रशासन) मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो । यस निर्देशनको उद्देश्य विश्व व्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने हो ।

सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभाग लगायत सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायव महानिरीक्षकहरूलाई बंगलादेश श्रम कानून २००६ को प्रतिबन्धको दफा ११४ बमोजिम आदेशलाई कडाइका साथ पालना गर्न सबै डिभिजन र जिल्लाका उपायुक्त र प्रहरी उपरीक्षकहरूलाई आदेश दिइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports