२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रसाईंलाई उपहारमा दिएको सुनको लौरो नेपाल सरकारलाई दिने प्रसाईंको घोषणा

754
shares

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गर्नुभएको छ । बीएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहनुभएको प्रसाईलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिनुभएको थियो ।


आज प्रसाईले उक्त लौरो राज्यलाई उपहार दिने बताउनुभयो । उहाँले भन्नुभयो,‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि, के को हो, के को हो भन्ने सोध्ने कुरो पनि भएन । तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु, हेरेको छैन ।’ उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँण सँग पनि कुरा गरेको बताउनुभयो ।

‘लौरो/लौरो भनेर धेरै कुरा आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’ प्रसाईले भन्नुभयो, ‘गृहमन्त्रीले क्याबिनेट बाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु ।’ उहाँले थप्नुभयो, ‘मेरा बिजनेस पार्टनर (दुबईका राजकुमार) ले दिएको लौरो राज्यलाई दिन मलाई समस्या छैन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports