प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री आले बिरूद्ध संसद सचिवालयमा उजुरी दर्ता

559
shares

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विरुद्ध संसद सचिवालयमा उजुरी परेको छ । अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराई र रेजिना पौड्याले आले विरुद्ध संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन् । सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्ने जिम्मा पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका आलेले विभिन्न व्यक्तिहरु सँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको अडियो सहितको समाचार आएपछि मन्त्री आले विरुद्ध उजुरी दिएका हुन् ।

गत फागुन ३ गते सार्वजनिक भएको टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द मात्रै प्रयोग गर्दै ठेगान लगाउने सम्मको धम्की दिएको अडियो बाहिरिएको थियो । त्यसपछि पनि उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरुलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको निवेदनमा उल्लेख छ । ‘सांसदको आचारसंहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख छ’, निवेदनमा भनिएको छ ।

निवेदनमा नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै भएको अपशब्दलाई सामान्य विषय मान्न नहुने उल्लेख छ । निवेदनमा भनिएको छ- ‘नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषा र संस्कृति माथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादा माथि साधिकार व्यक्ति बाटै निर्लज्ज प्रहार भएको छ ।’ उनीहरुले जनप्रतिनिधिहरु सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता र जिम्मेवारी बाट समेत विमुख भएको महशुस भएको जनाएका छन् ।

‘यसरी सार्वजनिक भएको पहिलो टेलिफोन अडियो सांसद प्रेम आलेले आफ्नो भएको स्वीकार गरिसक्नुभएको छ । दोस्रोको बिषयमा हालसम्म उहाँको सचिवालय बाट कुनै प्रतिक्रिया आएको छैन’, निवेदनमा भनिएको छ, ‘भाषा राष्ट्रिय अभिव्यक्तिको माध्यम हो । नेपाली भाषा यसमा सबै भन्दा धनी मानिन्छ । राष्ट्रको भाषिक अस्तित्वलाई जोगाउँदै देशको सांस्कृतिक विविधतालाई भाषाको माध्यम बाट विश्व मञ्चमा नेपाली पहिचान प्रदर्शन गर्नुपर्ने पद हो, सांसद ।’ उनीहरुले आलेले प्रयोग गरेका ती शब्द समाजमा बोल्न र सुन्न योग्य नरहेका पनि तर्क गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports